धारिलो हतियार प्रयोग गरी बाबु छोराको हत्या

रिपोर्ट नेपाल | 2019 Sep 03 | 03:39 pm 55

स्याङ्जा, भदाै १७: हरिनास गाँउपालिका ३ ललहीमा धारिलो हतियार प्रयोग गरी बाबु छोराको हत्या भएको छ । हत्या हुनेमा स्याङ्जाको साविक मग्याम चिसापानीका बर्ष ३० का चित्रबहादुर खड्का र उनका ४ बर्षिय छोरा रिजन खड्का रहेका छन् ।

खड्काकी श्रमितिका अनुसार मंगलबार बिहान करिब ४ बजे तिर मुखमा मास्क लगाएर आएका हतियार धारीले हत्या गरेको  बताइन् । घटनास्थलमा स्याङ्जाका प्रहरी प्रमुख नेतृत्वको टोली पुगिसकेको छ । घटनाबारे अनुसनधान भइरहेकाे प्रहरीले जानका

एउटै कोठामा फरक फरक खाटमा सुतेका बाबु छोरा एउटा खाटमा र श्रीमति अर्को खाटमा सुतेका बेला घट्ना भएको बताइएको छ ।

हतियारले हानी रहेको देखेपछि खड्काकी श्रीमति चिच्चाएपछि स्थानीयले प्रहरीलाई खवर गरेको बताइएको छ । घट्नाबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । हत्यारा फरार रहेका छन् । खाेजीकार्य गरिरहेकाे बताइएकाे छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.