धारिलो हतियार प्रयोग गरी कञ्चनपुरमा एक जनाको हत्या

रिपोर्ट नेपाल | 2020 Jul 05 | 08:37 am 88

कञ्चनपुर, असार २१ः गएराति धारिलो हतियार प्रयोग गरी कञ्चनपुरमा एक जनाको हत्या भएको छ । हत्या हुनेमा पुनर्वास नगरपालिका–५ का ५० वर्षीय गोपाल कुँवर रहेका छन् ।

उनको हत्या छिमेकी ३५ वर्षीय गोरे भनिने गौरव खड्काले हत्या गरेको प्रारम्भिक अनुसन्धानमा पाइएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी नायव उपरीक्षक अमर थापा क्षेत्रीले बताए।

खड्का भने अहिले फरार छन् । फरार रहेका खड्काको खोजी कार्य जारी रहेको प्रहरीले बताएको छ।

घाँटीमा धारिलो हतियार प्रहार गरी हत्या गरिएको अबस्थामा शव फेला परेको छ, प्रहरी नायव उपरिक्षक थापाले भने, घटनाबारे अनुसन्धानको कार्य भैरहेको छ।

कुकुरसहितको प्रहरीको टोली घटनास्थलमा परिचालन गरिएको उनले बताए।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.