धारिलो हतियार देखाएर दैलेखमा लुटपाट

रिपोर्ट नेपाल | 2022 Apr 18 | 03:25 pm 209

दैलेख, बैशाख ५ः धारिलो हतियार देखाएर दैलेखमा लुटपाट गरिएको छ। महावु गाउँपालिका –२ वडाखोलामा ६/७ जना समूहमा रहेका यूवाहरुले लुटपात गरेको हुन्।

उनीहरुले सुर्खेत घर भइ महावु जाँदै गरेका २३ वर्षका सुशिल सिहलाई धारिलो हतियार देखाएर लुटेका हुन्। सिहको साथमा रहेको ४ लाख ६५ हजार रुपैयाँ र एटिएम, मोवाइल लुटेराहरुले लुटेको पीडितले जानकारी दिएको दैलेख प्रहरी प्रवक्ता ईन्द्रजित सुनारले बताए।

सिंह दैलेख बजारबाट महावु गाउँपालिका जाँदै गर्दा बाटोमा लुटेकाहरु बसेका थिए। मोटरसाईकल लुटेराहरुले नलगेर त्यही छाडेको प्रहरीले जनाएको छ। प्रहरीले लुटेराहरुको खोजी कार्यका लागि प्रहरी परिचालन गरेको जनाएको छ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.