धादिङमा जीप दुर्घटना, १० जना घाइते

रिपोर्ट नेपाल | 2019 Aug 13 | 06:40 pm 55

धादिङ, साउन २८ : धादिङमा बोलेरो जीप दुर्घटना हुँदा १० जना घाइते भएका छन्। धादिङबेसीबाट मैदीको लागि छुटेको बा १३ च ५२३० नम्बरको निजी नम्बरको बोलेरो गाडी ज्वालामुखी गाउँपालिका वडा नम्बर ३ को अमराईमा मंगलबार दुर्घटना भएको हो।

स्थानीयवासी, प्रहरी र उद्धारकर्मीले उद्धार गरेर घाइतेहरूलाई जिल्ला अस्पताल धादिङ लगिएको प्रहरीले जनाइएको छ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.