धादिङमा कोरोना संक्रमित ५ मध्ये ३ जना निको

रिपोर्ट नेपाल | 2020 Jun 05 | 10:46 pm 54

  • विवेक अर्याल

धादिङ, जेठ २३ः धादिङमा कोरोना संक्रमितको संख्या पाँच पुगेको छ भने ३ जना निको भैसकेका छन् ।

बिहिवार धुनिवेशी नगरपालिका वडा नंं.३ छत्रेपाटी महेशफाँटकी २३ वर्षीया एक युवतीमा कोरोनो संक्रमण पुष्टि भएसँगै धादिङमा जिल्लामा कोरोना संक्रमित हुनेको संख्या पाँच पुगेको हो ।

यद्धपी कोरोना संक्रमितको संख्या ५ पुगेको छ भने ३ जना निको भैसकेका छन् । यसअघि नेत्रावती डबजोङ गाउँपालिकाको एक जना पुरुष, गल्छी गाउँपालिकाकी एक जना महिला र थाँक्रे गाउँपालिकाका एक जना पुरुष निको भएर घर फर्किसकेका छन् भने सिद्धलेक गाँउपालिकाकी एक गर्भवती महिलाको उपचार भईरहेको छ ।

यता बिहिवार धुनिवेशी नगरपालिका वडा नंं.३ छत्रेपाटी महेशफाँटकी २३ वर्षीया युवती रोजगारीको शिलशिलामा काठमाडा बस्दै आएकी थिईन ।

लकडाउन शुरु भएपछि घर आएर जेठ १२ गते काठमाडौं फर्किएकी ति महिलाको स्वास्थ्यमा समस्या देखिएपछि जेठ १६ गते उनको स्वाब परिक्षण गरिएकोमा २१ गते कोरोना संक्रमण भएको पुष्टि भएको थियो ।

उनको अहिले काठमाडौं सतुंगल स्थित शसस्त्र प्रहरी अस्पतालमा उपचार भइरहेको छ ।

संक्रमण भएपछि स्थानीय प्रशासन र धुनिबेसी नगरपालिकाले वडा नम्वर ३ को केहि भागमा शील गरिएको छ ।

वडा नं ३ को पश्चिम भालुखोला, उत्तर सेंढाईगाउँ र दक्षिणमा महेशखोला भित्रको क्षेत्रलाई शील गरिएको धुनिवेसी नगरपालिकाका मेयर बालकृष्ण आचार्यले बताए ।

शील गरिएको क्षेत्रमा अर्काे सूचना जारी नभएसम्मको लागि आवतजावत तथा हिडँडुल गर्न पूर्ण रुपमा प्रतिवन्ध लगाएको छ ।

यस्तै उनको सम्पर्कमा रहेका व्यक्तिहरुको पहिचान तथा आफन्तहरुको स्वाब परिक्षण समेत गरिने मेयर आर्चायले बताए ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.