सवारी दुर्घटनामा तीन जनाको मृत्यु

रिपोर्ट नेपाल | 2019 Apr 13 | 02:32 pm 28

३० चैत, धरान । २०७५ सुनसरीको धरानमा भएको सवारी दुर्घटनामा तीन जनाको मृत्यु भएको छ । गएराति साढे ११ बजे धरान प्रवेश गर्ने तीनकुने नजिक तीन वटा सवारी साधन एकापसमा ठोक्किएर दुर्घटना भएको हो । धरानस्थित इलाका प्रहरी कार्यालयका प्रहरी नायव उरिक्षक सुमन तिम्सिनाका अनुसार मृत्यु हुनेमा कारमा सवार पाँचथर याशोक ३ बस्ने २८ वर्षीय मदन लावती लिम्बु, मोरङको केराबारी–९ बस्ने २७ वर्षीय अनिल श्रेष्ठ र धनकुटाको महालक्ष्मी नगरपालिका ४ बस्ने २७ वर्षीय जनक बुढाथोकी रहेका छन् ।

१२ जना घाइते भएका छन् ।   सोही दिशामा रहेको बा २० च ४०७६ कार, इटहरी तर्फ जाँदै गरेको मे १ च ६६९२ नम्बरको ट्याक्टर र खनारस्थित अरिहन्त उद्योगबाट मजदुर लिएर आएको को १ ख ४७६२ नम्बरको बस एकापसमा ठेकिएका थिए । तीब्र गतिमा रहेको कारले ट्याक्टरलाई ओभरटेक गर्ने क्रममा पहिले ट्याक्टरको पछाडि डालीमा ठोकाएको थियो । कार र ट्याक्टर ठोकिएसंगै विपरीत दिसाबाट आएको बससँग कार फेरि ठोकिएर पल्टिदा तीन जनाको मृत्यु भएको प्रहरीले जनाएको छ ।दुर्घटनामा गम्भीर घाइते भएका कार चालक मोरङको सुन्दर हरैचा बस्ने गोविन्द बस्नेतको विराट नर्सिङ होममा उपचार भईरहेको छ । अन्य घाइतेको धरानस्थित बीपी कोईराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचार भइरहेको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.