धनकुटामा थप ५ जनामा काेराेना संक्रमण पुष्टि

रिपोर्ट नेपाल | 2020 May 20 | 08:44 am 46

धनकुटा, जेठ ७ः नेपालमा थप ५ जनामा कोरोना संक्रमण पुष्टि भएकाे छ । संक्रमित सबै जना धनकुटाका रहेका छन् । अस्पतालमा सोमबार ८३ जनाको स्वाब संकलन गरी पठाइएकोमा जसमध्ये ६६ जनाको रिपोर्ट आएको धनकुटा अस्पतालले जानकारी दिएकाे हाे ।

संक्रमितमध्ये ४ पुरुष र १ महिला रहेका छन् भने बाँकी १७ जनाको बुधवारसम्म रिपोर्ट आइसक्ने अस्पताले जनाएकाे छ। थपिएका नयाँ संक्रमित मध्ये ३ जना २४, २८ र २९ वर्षका स्वास्थ्यकर्मी,  र ३७ वर्षका यसअघि संक्रमण पुष्टि भएकी स्वास्थ्यकर्मी परिवारका सदस्य र ३५ वर्षका सुरक्षाकर्मी छन् ।

धनकुटामा कोरोना संक्रमितको संख्या ६ पुगेको छ । यस अघि जिल्ला अस्पताल धनकुटामा कार्यरत एक महिला स्वस्थ्यकर्मीलाई कोरोना पुष्टि भएको थियो । उनी अहिले विराटनगर स्थित कोरोना विशेष अस्पतालको आइसोलेसन वार्डमा उपचाररत छिन् ।

कोरोना पुष्टि भएसँगै संक्रमितलाई आइसोलेसन वार्डमा राखिएको जिल्ला अस्पताल धनकुटाका सूचना अधिकारी राजन पोखरेलले जानकारी दिए।  संक्रमितलाई वुधबार बिहान  विराटनगर स्थित कोरोना विशेष अस्पतालमा पठाइने तयारी गरिएकाे उनले बताए ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.