देशभर एक लाख चार हजार उम्मेदवारी दर्ता

रिपोर्ट नेपाल | 2022 Apr 26 | 07:07 am 225

काठमाडौं, वैशाख १३ः स्थानीय तहको निर्वाचनका लागि आइतबार र सोमबार भएको उम्मेदवार मनोनयनको क्रममा सोमबार राति ११ बजेसम्म एक लाख चार हजार १ सय २३ जनाको उम्मेदवारी परेको छ ।

निर्वाचन आयोगका अनुसार महानगरपालिका–उपमहानगरपालिका र नगरपालिकाका प्रमुख पदमा दुई हजार ७ सय ४४ र उपप्रमुख पदमा एक हजार ६ सय ९९ उम्मेदवारी परेको छ ।

गाउँपालिकाको अध्यक्षको पदमा दुई हजार ९ सय ४१, उपाध्यक्ष पदमा दुई हजार २३ र वडाअध्यक्ष पदमा २५ हजार ६४ जनाको उम्मेदवारी परेको छ ।

त्यस्तै, महिला सदस्य पदमा १७ हजार ४६७, दलित महिला सदस्यमा १५ हजार ६ सय ९७  र सदस्यमा ३६ हजार ४ सय ८८ जनाको उम्मेदवारी परेको आयोगले जनाएको छ । गाेरखापत्र दैनिकबाट

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.