देउवालाई महानगरको उम्मेदवार तोक्न एकल अधिकार

रिपोर्ट नेपाल | 2022 Apr 24 | 05:55 pm 197

काठमाडौं, बैशाख ११ः नेपाली कांग्रेसको महानगरमा टिकट वितरणमा विवाद भएपछि सभापति शेरबहादुर देउवा एक्लैले टिकट तोक्ने अधिकार लिएका छन् । घोषणापत्र सार्वजनिक भएपछि बसेको कार्यसम्पादन समितिको बहुमतबाट देउवालाई संसदीय समितिको अधिकार मिलेको हो ।

कार्यसम्पादन समिति सदस्य एनपी साउँदकाअनुसार अब महानगरको उम्मेदवार देउवाले आवश्यक परामर्श गरेर एक्लै टुंग्याउनेछन् ।

नेपाली कांग्रेसको महानगरपालिकामा टिकट वितरण गर्ने सन्दर्भमा सभापति देउवा र महाधिवेशनमा सभापतिका निकटतम प्रतिद्वन्द्वी शेखर कोइरालाबीच विवाद बढेका थियो । विवादबढेपछि शेखरको उपस्थिति नै निषेध गर्नेगरी कार्यसम्पादन समितिले देउवालाई अधिकार सुम्पिएको हो ।

नेपाली कांग्रेसको कार्यसम्पादन समितिले संसदीय समितिको सम्पूर्ण अधिकार देउवालाई सुम्पिएको हो ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.