दूधको मूल्य बढ्यो

रिपोर्ट नेपाल | 2019 Sep 05 | 06:40 pm 54

काठमाडौं, भदौं  १९ : सरकारले शनिवारदेखी लागू हुनेगरी दूधको मूल्य बढाएको छ । कृषि तथा पशुपंक्षी विकास मन्त्रालयले प्रतिलिटर ६ रुपैयाँ मूल्य बढाउन दुग्ध विकास संस्थानलाई पत्राचार गरिसकेको छ ।

मूल्य बढाउने तयारीस्वरुप अहिले संस्थानको बोर्ड बैठक बसिरहेको छ। बढेको मूल्यअनुसार कृषकले ६९ प्रतिशत अर्थात् ४ रुपैंया १६ पैसा र दुग्ध व्यवसायीले ३१ प्रतिशत अर्थात १ रुपैयाँ ८४ पैसा पाउनेछन् ।

यसअघि दूधको मूल्य बढाउनेबारे अध्ययन गर्न गठित कार्यदलले कम दूध उत्पादन हुने मौसममा १० रुपैयाँ र बढी उत्पादन हुने मौसममा प्रतिलिटर ५ रुपैयाँ ७९ पैसा मूल्य बढाउन सकिने प्रस्ताव गरेको थियो।

अहिले दुधको मूल्य प्रतिलिटर ७० रुपैयाँ रहेको छ। नेपाल डेरी एसोसियसनका महासचिव प्रल्हाद दाहालका अनुसार मूल्य बढेपछि उपभोक्ताले प्रतिलिटर ७६ रुपैयाँ तिर्नुपर्नेछ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.