दुर्लभ बन्यजन्तु बाघको छाला कारोबार गर्ने घले पक्राउ

रिपोर्ट नेपाल | 2021 Jan 13 | 05:41 pm 141

काठमाडाैं, पुस २९ः तारकेश्वर नगरपालिका ९ मनमैजु बालाजु एरियामा प्रतिबन्धित दुर्लभ बाघको छालासहित एक जनालाई अपराध अनुसन्धान महाशाखाले पक्राउ गरेकाे छ ।

अबैध रुपमा बिक्रि वितरण गर्नको लागि लुकाई छिपाई ल्याई राखेको छ भन्ने बिशेष सुचनाको आधारमा  मंगलबार  लम्जुङ दुधपोखरी घर भई हाल काठमाडाैं तारकेश्वर नगरपालिका ९ मनमैजु बस्ने बृस राज घलेको कोठाबाट करिब ६फिट २ ईन्च लम्बाई र १ फिट २ ईन्च चौडाई भएको प्रतिबन्धित बाघको छालासहित पक्राउ गरेकाे महाशाखाले जानकारी दिएकाे हाे ।

उनीहरूले बिक्रि वितरण गर्ने उद्देश्यले लिई आएकाेमा प्रतिबन्धित छाला सहित महानगरीय अपराध महाशाखाबाट खटि गएको बिशेष अनुसन्धान टोलीले पक्राउ गरी आवश्यक कारबाहिको लागि जिल्ला वन कार्यालय हात्तिसार,काठमाडौं पठाईएको अधिकृत  प्रहरी उपरीक्षक ईश्वर कार्कीले बताए ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.