दुबै मृगौला फेल भएका भुजेलले मागे जीवनको भीख

रिपोर्ट नेपाल | 2020 Feb 26 | 03:01 pm 8251

गुल्मी, फागुन १४: रेसुङ्गा नगरपालिका वडा नम्बर ८ का ३८ वर्षीय फूटबललगायत विभिन्न खेलमा सकृय युगल भुजेलको दुबै मृगौला फेल भएर जीवन मरणको दोसाधमा रहेका छन् ।

आफूसँग भएको रकम डाइलोसिस गर्दा समाप्त भएको र गरिबीका कारण जीवन समाप्त हुने स्थीति आएको भन्दै सहयोगका लागि याचना गरिरहेका छन् ।

हप्तामा दुई पटक डाइलोसिस गर्नु पर्ने र मृगौला फेर्नु पर्ने चिकिन्सकको सल्लाह बमोजिम हाल भैरहवामा उपचार गराइ रहेका भुजेलले देश विदेशमा रहेका दानवीरहरुसँग आफ्नो जीवन बचाइदिन आग्रह गरेका छन् ।

आफू बाँचेर खेलकुद क्षेत्रलाई उचाइमा पुर्याउन चाहेको बताउने युगलले सहयोग बिना आफ्नो मृत्यु हुने निश्चित भएको र छोराछोरी टुहुरा हुने उनका भनाई छ ।

आफूलाई जस्तो सत्रुलाई पनि रोग नलागोस भन्दै भुजेलले आँखाभरी आँसु लिँदै रिपोर्ट नेपाललाई आफ्नो उपचारको अनुनय विनय सबै समक्ष पुर्याइदिन आग्रह गरेका छन् ।

उनको बाजे रामबहादुर भुजेल लामो समयसम्म तमघासको महेन्द्र माध्यमिक विद्यालयको सहयोगी रहेका थिए ।

उनले त्यो बेला आधा घण्टा भन्दा बढी समयसम्म घण्टी बजाउने गर्थे । युगल भुजेलका बाबु एतबहादुर भुजेल पनि ओलम्पीक खेलमा स्वर्ण पदक जितेका हुन् ।

बाजे र बाबुको पहिल्यै मृत्यु भइसकेको छ । युगल जीवन रक्षा गरिदिन चाहाने दानवीरहरुले उनको निजी नम्बर ९८६७२४२४२४ मा सम्पर्क गर्न सकिने छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.