दुई शिक्षकले एक किशोरीलाई बलात्कार गरेको आरोप, आरोपीत शिक्षकहरु फरार

रिपोर्ट नेपाल | 2020 Feb 26 | 08:57 pm 202

बझाङ, फागुन १४: दुई शिक्षकले एक सुस्तमनस्थिति किशोरीलाई बलात्कार गरेको आरोप लागेको छ ।

जिल्लाको दुर्गाथलीमा बस्ने ती किशोरीले दुवै शिक्षक विरुद्ध प्रहरीमा जाहेरी दिएकी छन् ।

आफुलाई ७ महिना अघि पटकपटक बलात्कार गरिएको र ती बाटै अहिले आफ्नो ७ महिनाको गर्भ रहेको भन्दै उनले दुर्गाथलीमै रहेको विद्यालयमा कार्यरत शिक्षक शिवराज जोशी र वसन्त ओली विरुद्ध जिल्ला प्रहरी कार्यालय बझाङमा जाहेरी दिएकी प्रहरीले जानकारी दिएको छ ।

प्रारम्भिक अनुसन्धानबाट ती किशोरी सुस्तमनस्थिति भएको भन्ने खुलेको र ती ७ महिनादेखि गर्भवती छिन् भन्ने खुलेको भएपनि उनको मेडिकल रिपोर्ट आइ नसकेको जिल्ला प्रहरी कार्यालय बझाङका प्रहरी नायव उपरिक्षक गणेश बमले बताए ।

आरोपित दुवै शिक्षक अहिले फरार रहेकाले उनीहरुको खोजी कार्य भइरहेको बताइएको

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.