दुई टुक्रा भएको अवस्थामा एक महिलाको शव फेला

रिपोर्ट नेपाल | 2020 Feb 10 | 10:43 pm 110

कास्की माघ २७: पोखरा महानगरपालिक १३ स्थित आर्बामा एक महिलाको शव क्षत विक्षत अवस्थामा फेला परेको छ ।

आर्बा साझा बस्ति नजिकैको जंगलमा सोमबार साँझ करिब ४० वर्षीया एक महिलाको शव २ टुक्रा पारेर फालिएको अवस्थामा भेटिएको प्रहरीले जानकारी दिएको छ ।

वडा प्रहरी कार्यालय रामबजारका प्रहरी इन्स्पेक्टर प्रकाश थापाका अनुसार आधा शरीर जमिनमा र आधा शरीर बोरामा राखेर फालिएको अवस्थामा शव फेला परेको जनाइएको छ ।

उक्त शवको पहिचान खुल्न बाँकी रहेको बताइएको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.