दुई जना वडाध्यक्षलाई कोरोना संक्रमण

रिपोर्ट नेपाल | 2020 Jun 28 | 10:56 am 31

रौतहट, असार १४ः जिल्लाको दक्षिणी भेगमा रहेको बौधिमाई नगरपालिकाका वडा नम्बर ७ र ८ का वडाअध्यक्षमा कोरोना संक्रमण पुष्टि भएको छ ।

वडाअध्यक्षसँगै उक्त नगरपालिकामा कार्यरत आइटी अफिसर, कम्प्युटर अपरेटर तथा सामाजिक परिचालकमा पनि संक्रमण देखिएको प्रमुख जिल्ला अधिकारी वासुदेव घिमिरेले जानकारी दिए ।

संक्रमण पुष्टि भएका सबै जानलाई आइसोलेसनमा राखिएको र उनीहरुको कन्ट्याक टेसिङ्गको काम सुरु गरिसकेको घिमिरेले बताए ।

प्रशासनले सो नगरपालिकालाई शिल गरेर सम्पूर्ण कार्यपालिका सदस्य तथा नगरपालिकाका कर्मचारीहरुको पनि स्वाव संकलन प्रक्रिया अगाडि बढाइसकेको जानकारी दिए।

उक्त नगरपालिकाका नगरप्रमुख राजिव रंजन यादवका अनुसार गत सोमबार सम्पूर्ण कार्यपालिका सदस्य र नगरपालिकाका कर्मचारीको स्वाव संकलन गरेर परिक्षणको लागि पठाउँदा दुईजना वडाअध्यक्ष र केही कर्मचारीमा कोरोना संक्रमण पुष्टि भएको हो ।

उनले अब स्थानिय प्रशासनले जतिसक्दो चाँडो कन्ट्याक ट्रेसिङ्ग लगायतका काम सकेर जनतालाई त्रास मुक्त गर्नुपर्नेमा जोड दिए ।

लामो समयसम्म क्वारेन्टाइनमा बस्नेहरुमा मात्र देखिएको रौतहटमा समुदायमा पनि संक्रमण देखिन थालेपछि स्थानीय त्रासिद बनेको छन् । यसअघि समुदायका ३ जनामा पनि संक्रमण पुष्टि भएको थियो ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.