दिल्लीस्थित भाजपाको पार्टी केन्द्रीय कार्यालयमा देउवाको सम्मानको तयारी

| 2022 Apr 01 | 11:55 am 409

काठमाडौँ चैत १८ : आज अपरान्ह भारत भ्रमणमा प्रधानमन्त्री शेरबहादुर देउवा र चार मन्त्रीसहित ५० सदस्यीय नेपाली प्रतिनिधिमण्डल जाँदैछ प्रधानमन्त्रीले आजै दिल्लीस्थित भारतीय जनता पार्टी (भाजपा) को केन्द्रीय कार्यालयको भ्रमण गर्नेछन्।

देउवा दोस्रोपटक पार्टी सभापतिमा निर्वाचित भएपछि भाजपाले उनी र कांग्रेस पार्टीसँग सम्बन्ध विस्तारको प्रयास गरेको छ । प्रधानमन्त्री दिल्ली आएकै दिन साँझ भाजपाका नेताहरूसँग भेटघाट गर्ने कार्यक्रम तय गरिएको छ ।

प्रधानमन्त्री देउवाले आजै भारतीय विदेशमन्त्री एस.जयशंकरसँग भेटवार्ता गर्दैछन्। दिल्लीस्थित आईटीसी मौर्य होटलमा प्रधानमन्त्री देउवा बस्ने व्यवस्था मिलाइएको छ भने भारतीय विदेशमन्त्री जयशंंकरले प्रधानमन्त्री देउवासँग त्यही होटलमा भेट्ने बताइएको छ। भेटवार्तामा दुई पक्षीय सम्बन्धका विविध विषयमा छलफल हुने बताइएको छ।

भ्रमणको तेस्रो दिन प्रधानमन्त्रीसहितको टोली बिहानै बनारसका लागि प्रस्थान गर्नेछ । प्रधानमन्त्री देउवालाई भारत सरकारले विशेष विमानबाट बनारस लाने–ल्याउने गर्नेछ । त्यही दिन प्रधानमन्त्री देउवा दिल्लीबाट अपरान्ह नेपाल एयरलाइन्सको नियमित विमानबाट प्रधानमन्त्री काठमाडौं फर्किनेछन् ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.