दाङबाट सल्यान जाँदै गरेको बस भेरी नदीमा खस्याे

| 2021 Jan 07 | 05:21 pm 97

सुर्खेत, पुस २३ः दाङबाट सल्यानको सल्लीबजार जाँदै गरेको बस भेरी नदीमा खसेको छ ।  कालिमाटी हुँदै बोटेचौरबाट सल्लीबजार जाँदै गरेको बस बिहीबार दिउँसो सुर्खेतको गुर्भाकोट नगरपालिका–९ गराले गौडाबाट भेरी नदीमा खसेको प्रहरीले जनाएको छ ।

जिल्ल्ला प्रहरी कार्यालय सुर्खेतका अनुसार नदीमा डुबेको बसबाट एक जनाको शव निकालिएको छ । अर्का एक जनालाई गम्भीर घाइते अवस्थामा उद्धार गरिएको प्रहरीले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय सुर्खेतका सूचना अधिकारी तथा डिएसपी रामप्रसाद घर्तीका अनुसार प्रहरीको टोली दुर्घटनास्थलमा पुगिसकेको छ । उनका अनुसार बसमा कतिजना सवार थिए र बसको नम्बर कति हो भन्ने खुल्न सकेको छैन ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.