दस उत्कृष्ट उद्यमी सम्मानित

रिपोर्ट नेपाल | 2022 Apr 25 | 07:38 am 205

रुपन्देही, वैशाख  १२ः रुपन्देहीको तिलोत्तमामा दस उत्कृष्ट उद्यमीलाई सम्मान तथा पुरस्कृत गरिएको छ । तिलोत्तमामा रहेको नवदुर्गा फुड इन्डस्ट्रिजका सञ्चालक मन्जु भुसाल एक लाख रुपियाँ नगदसहित पुरस्कृत भएका हुन् । खुला प्रतिस्पर्धामा सहभागी १२५ मध्ये १० जनालाई उत्कृष्ट छनोट गरिएको र उत्कृष्टमध्ये भुसाललाई सर्वाेत्कृत उद्यमीका रूपमा पुरस्कृत गरिएको हो ।

शनिबार भएको अन्तिम प्रतिस्पर्धामा निर्णायक मण्डलको मूल्याङ्कन, प्रतिस्पर्धीको प्रस्तुति, कार्ययोजना र भोटलगायतका आधारमा उनीहरू उत्कृष्ट उद्यमीका रूपमा छनोट भएका हुन् ।

दायित्व परियोजना र तिलोत्तमा नगरपालिकाको सहकार्यमा सञ्चालन भइरहेको ‘नगरप्रमुख दायित्व ग्रामीण उद्यम द्रुतीकरण कार्यक्रम’ले उद्यमी छनोट गरेको लुम्बिनी प्रदेश संयोजक कमल थापाले बताए । पुरस्कृत उद्यमी भुसालले ड्राई चाउमिन, सफ्ट चाउमिन तथा चिकेन, भेज, फ्रोजन मम उत्पादन गर्दै आएका छन् ।  संयोजक थापाका अनुसार १२५ जना प्रतिस्पर्धीमध्ये १० जना उत्कृष्ट उद्यमीका रूपमा छनोट गरिएको थियो । गाेरखापत्र दैनिकबाट

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.