नेपालगंज फागुन १०: बाँके जिल्लाको नेपालगंज उपमहानगरपालिका १५ जमुनाहस्थित सीमा ईलाकाबाट एपीएफ टोलीले श्रोत नखुलेको १० लाख भारतीय रुपैयाँसहित एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा भारत घर बताउने ५४ बर्षिय मुनवर खान छन् ।
उनलाई सशस्त्र प्रहरी बल, नेपाल बोर्डर आउट पोष्ट जमुनाहबाट खटिएको एपीएफ टोलीले भारतीय रुपैयाँसहित पक्राउ गरेको हो ।
एपीएफ टोलीले निज खानलाई शंका लागि जाँच गर्दा उनको साथमा उक्त रुपैयाँ फेला परेको र निज खानले उल्लेखित रुपैयाँको श्रोत खुलाउन नकसेपछि पक्राउ गरिएको हो । पक्राउ परेका खानलाई बरामद रुपैयाँसहित आवश्यक कारवाहीको लागि राजश्व कार्यालय कोहलपुरमा बुझाइएको छ ।