दशौं लिगलिगे दौड जितेर चौथो पटक राजा बने अनिश

| 2019 Oct 03 | 01:14 pm 33

गोरखा, असाेज १६: दशौं लिगलिगे दौड जितेर चौथो पटक पनि राजा बन्न सफल भए पर्वतका अनिश थापा उनले यसअघि तीनपटकसम्म लिगलिगे राज बनिसकेका छन्। उनी चेपे र मर्स्याङ्दीको दोभानबाट लिगलिगकोटसम्मको १३.८ किलोमिटर दुरी ५७.५५ मिनेटमा पार गर्दै थापा लिगलिगे दौड जितेर लिगलिगे राजा बन्न सफल भएका हुन्।

सोही दुरी १ घण्टा एक मिनेट ८ सेकेण्डमा पार गरी डोटी जिल्लाका खगेन्द्रबहादुर भाट दोस्रो बन्न सफल भएका छन्। एकघण्टा एक मिनेट ३४ सेकेण्डमा पार गरी लम्जुङका रामजी बस्नेत तेस्रो भएका छन्। दोस्रो र तेस्रो हुने दुवै जना नेपाली सेनाका हुन्। निर्धारित दुरी एकघण्टा दुई मिनेट २२ सेकेण्डमा पार गरी सन्दीप ढकाल चौथो बन्न सफल भएका छन्।

लिगलिगे दौडमा प्रथम हुनेलाई यस वर्षदेखि एक दिनका लागि लिगलिगे राजाका साथै एकवर्षका लागि पालुङ्टार नगरपालिकाको सद्भावना दूत पनि घोषणा गरिने भएको छ। बिहीबार एक समारोहको आयोजना गरी दसौं लिगलिगे राजा र पहिलो सद्भावना दूत घोषणा गर्ने कार्यक्रम रहेको पालुङ्टार नगरपालिकाका मेयर दीपकबाबु कँडेलले जानकारी दिए।

दौडमा प्रथम हुनेलाई यसअघि एक दिनका लागि लिगलिगे राजा घोषणा गरिन्थ्यो । यस बर्षदेखि नयाँ कार्यक्रम ल्याएकाे बताए। अबदेखि जो विजयी हुन्छ, उनलाई एक वर्षका लागि पालुङ्टार नगरपालिकाको सद्भावना दूत बनाइने जनाए।

नगरपालिकाले आयोजना गरेका ठूला कार्यक्रमहरुमा उनलाई स–सम्मान दूतको रुपमा आमन्त्रण गराइनेछ। सद्भावना दूतले पनि यस क्षेत्रको पर्यटन प्रवर्धनका लागि उल्लेखनीय काम गर्ने उनले बताए।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.