दशैं नजिकिएसँगै शक्तिपीठ र मन्दिरमा निषेधाज्ञा

| 2020 Oct 17 | 07:16 am 40

सप्तरी, कात्तिक १ः  महत्वपूर्ण चाड दशैं नजिकिएसँगै कोभिड–१९ संक्रमणलाई दृष्ट्रिगत गरी जिल्ला सुरक्षा समिति, सप्तरीले जिल्लाको शक्तिपिठ र मन्दिरहरुलाई निषेधित क्षेत्र घोषणा गरेको छ ।

समितिको आजको बैठकले आज राति ११ बजेदेखि आगामी मङ्सिर ७ गते राति ११ः३० बजे सम्मका लागि निषेधाज्ञाको अवधि कायम गरिएको छ । जिल्ला प्रशासन कार्यालयका प्रशासकीय अधिकृत आनन्दकुमार ठाकुरद्धारा जारी सूचनामा मन्दिरका तर्फबाट गरिने नित्य पूजापाठ बाहेकका अन्य सम्पूर्ण कार्य/गतिविधि हुन/गर्न निषेध गरिएको छ । नेपाल समाचारपत्रबाट

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.