- महेश सिंह
सिरहा, बैशाख ६ः चुनावलाई लक्षित गरेर दलित संघर्ष समितिद्वारा लहान नगरपालिका वडा नम्बर २४ मा सचेतना कार्यक्रम सम्पन्न गरेको छ। निर्वाचन आयोगले बैशाख ३० गते हुने स्थानीय निर्वाचनको समय तोकिएकोले दलित संघर्ष समिति लहानले एक बृहत कार्यक्रमको आयोजना गरी सम्पूर्ण दलितहरुलाई एक जुट हुन् उक्त कार्यक्रमको आयोजना गरेका थिए।
विभिन्न राजनीति दलका ब्यक्तिहरुले गरिब दलितहरुलाई भोट बैंकका रूपमा लिने गरेका छन्।निर्वाचनको समय नजिकिदै जाँदा दलित समुदायमा मासु रक्सी र पैसा बाडेर विभिन्न प्रलोभनमा पार्दै आफ्नो राजनीति स्वार्थ पूरा गर्न नेताहरुले दलित समुदायलाई केन्द्रित गर्ने गरेका छन्।
अब दलित समुदाय मासु र रक्सीलाई बहिष्कार गर्ने छन् बाड्न आउने राजनीतिक दललाई खबरदारी समेत गरिएको दलित अगुवा राम गणेश दासले बताए।
तराई मधेसमा चुनावी शरगर्मी छाएको छ। राजनीति दलका नेताहरु गाउँ केन्द्रित भएका छन्। संयुक्त दलित संघर्ष समिति लहान नगरका अध्यक्ष मनोज पासमानका अनुसार नेताहरु चुनावमा छुवाछुतको कुरा नगर्ने बताए।
दलितकै भोट लिएर चुनाव जितेर गएपछि केहि दिन मै नेताहरुको मनोबल फेरीन्छ। आफ्नो चुनावी एजेन्डाहरु बिर्सिन्छ र छुवाछूत सुरुवात हुने गरेको अध्यक्ष पासवानले बताए।
कार्यक्रममा नेपाल पत्रकार महासंघका केन्द्रिय परिषद सदस्य दिनेश्वर गुप्ता, दलित अगुवा राम गणेश दास, रमेन मंण्डल, भोगेन्द्र पासमान, महिला अधिकारकर्मी रिकमा बिश्वकर्मा, लगन लाल पासमान, राम बिहारी दास, सत्यनारायण साफी, चन्दो देवी पासवान, सरिता सदाय, लक्ष्मण सदाय लगायत अतिथिहरुको उपस्थिति रहेको थियो।
खबरदारीका लागि लहान नगरपालिकाको २४ वटै वडामा सचेतना कार्यक्रम गर्ने निर्णय गरेका छन्।
आउने निर्वाचनमा सम्पूर्ण दलित एक जुट हुन दलित संघर्ष समिति लहानले एक दिने सचेतना तथा प्रशिक्षण कार्यक्रमको आयोजना गरेको दलित अगुवा भोगेन्द्र पासमानले जनाए।