दलित र विपन्न विद्यार्थीले पाएनन् छात्रवृति

रिपोर्ट नेपाल | 2019 Jun 10 | 10:56 pm 89

  • महेश सिंह महतो

सिरहा, जेठ २८: जिल्लाको मिर्चैया नगरपालिका–६ स्थित रहेको आधारभूत प्राथमिक विद्यालय मटियर्वामा अध्ययनरत दलित तथा विपन्नता भएका विद्यार्थीहरुले छात्रवृत्ति पाउनबाट वञ्चित भएका छन् । नगरपालिकाले समयमा बजेट निकासा नदिँदा उक्त विद्यालयका करीब एक सय भन्दा बढी दलित विद्यार्थीहरुले अहिलेसम्म छात्रवृत्ति नपाउँदा निरासा भएका छन् ।

गत वर्षको चैत महीना देखि यता उनीहरुले कुनै किसिमको छात्रवृत्ति पाउन नसकेकोले सो विद्यालयका विद्यार्थीहरुले गुनासो गरेका छन् । छात्रवृत्तिका लागि विद्यालयमा सोधखोज गर्दा नगरपालिकाबाट निकासा नभएकाले वितरण गर्न नसकिएको भन्दै फर्काउने गरेको स्थानीय अभिभावक सुफल सदाले बताए ।

गत वर्ष विद्यालयले छात्र वृत्तिवापत प्रतिविद्यार्थी पाँच सयका दरले ८५ जना विद्यार्थीहरुलाई छात्रवृत्ति वितरण गरेका थिए ।

छात्रवृत्तिका लागि अहिलेसम्म नगरपालिकाले रकम नपठाएकोले वितरण गर्न नसकिएको विद्यालयका प्रधानाध्यापक मनिकलाल यादवले बताए । यादवको अनुसार नगरपालिकामा पटक पटक छात्रवृत्ति रकमका लागि ताकेदा गरे पनि अझै प्राप्त नभएकाले वितरणमा ढिलाइ भएको प्रअ यादवले बताएका छन्।

मिर्चैया नगरपालिकाका नगरप्रमुख श्रवणकुमार यादवले विद्यालयले समयमा विद्यार्थीहरुको विवरण पेश गर्न नसकेकाले छात्रवृत्ति रकम निकासा गर्न नसकिएको बताएका छन् ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.