दक्षिणी सुडानमा भिषण आगलागीमा, ३१ जनाको मृत्यु

रिपोर्ट नेपाल | 2019 May 08 | 08:50 am 82

काठमाडौंः (एजेन्सी) जुबा दक्षिणी सुडानमा भएको भिषण आगलागीमा परी कम्तीमा ३१ जनाको मृत्यु भएको छ ।

उक्त देशको लोल क्षेत्रमा पर्ने कोर्कोमा भएको भिषण आगलागीमा परी अरू ६८ जना घाइते भएको अधिकारीहरूले जनाएका छन् । आगलागी आइतबार राति भएको अधिकारीहरूले जानकारी दिएका छन् ।

सूचना, युवा र संस्कृतिमन्त्री मिचेल माथोक वालले दिएको जानकारीअनुसार आगलागीका कारण १ सय ३८ वटा घरमा क्षति पुगेको छ । त्यसैगरी दश हजारभन्दा बढी जनावर पनि मरेको समाचारमा जनाइएको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.