स्थानीय तहमा कर्मचारी नहुँदा सेवा प्रवाहमा समस्या

| 2019 Nov 05 | 08:26 am 36

बैतडी, कात्तिक १९: जिल्लाका स्थानीय तहहरुमा कर्मचारी नहुँदा सेवा प्रवाहमा समस्या भएको छ । जम्मा ८४ वडा रहेको बैतडीमा ७२ वडा कार्यालय सचिवविहीन बन्दा अहिले प्राविधिक सहायक कार्यालय र सामाजिक परिचालकले वडाको काम संचालन गरिरहेको छ ।

यसरी कर्मचारी नभएका बैतडीको शिवनाथ गाउँपालिका, पञ्चेश्वर गाउँपालिका, मेलौली नगरपालिका र निकै दुर्गम मानिने सिगास गाउँपालिकाका वडा कार्यालय सचिवविहीन रहेका छन् । वडामा सचिव नहुँदा सानोतिनो कामको लागि पनि नगरपालिका नै जानुपर्ने बाध्यता रहेको स्थानीयहरुले गुनासो गरेका छन् ।

देशकै दशौँ नमुना शहरमा परेको पाटन नगरपालिकाका १० वडामध्ये ७ वडा सचिवविहीन रहेको नगर प्रवक्ता लोकबहादुर भण्डारीले जानकारी दिए ।

वडा कार्यालयमा सचिव नहुँदा वडामै हुने कामका लागि गाउँपालिका तथा नगरपालिकाका केन्द्रसम्म धाउनु परिरहेको पाटन ३ का कृष्ण पन्तले बताए ।

कर्मचारी समायोजन भएपछि वडा कार्यालय कर्मचारीविहिन भएका हुन् । आफूले चुनेका जनप्रतिनिधिहरु पालिकामा आएपछि काम गर्न सजिलो होला भन्ने आस गरेका नागरिकहरुमा निराशा पैदा हुन थालेको छ । वडाबाट पाउने सेवा कर्मचारीको अभावमा नपाउँदा स्थानीयहरु रुष्ट देखिएका छन् ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.