त्रिविमा मनोमानी ढङ्गबाट नियुक्ती गरिएका ११ प्राध्यापक खारेज गर्नुपर्छ : नेविसंघ

रिपोर्ट नेपाल | 2019 May 21 | 12:03 pm 130

काठमाडौं, जेठ ७ : प्रमु प्रतिपक्षी दल नेपाली काँग्रेसको भातृ सङ्गठन नेपाल विद्यार्थी संघ (नेविसंघ) त्रिविले मनोमानी ढङ्गबाट नियुक्ती गरिएकाे  प्राध्यापकहरुकाे खारेजीकाे माग गरेकाे छ ।  सोमबार एक प्रेस विज्ञप्ति जारी गर्दै त्रिभुवन विश्वविद्यालय (त्रिवि)मा समाजशात्रकाे ११ जना प्रध्यापकहरु मनोमानी ढङ्गले नियुक्ती गरेको भन्दै उनीहरुकाे नियुक्ती खारेज गर्नुपर्ने माग गरेकाे हाे ।

शैक्षिक माफियाको चंगोलमा परी चरम आर्थिक चलखेलसहित सिंगो विभाग र विश्वविद्यालयलाई नै बदनाम गराउने खेल भएको भन्दै नियुक्ति गरिएका सबै प्रध्यापकहरु खारेज गर्नु पर्ने नेविसंघले माग गरेकाे छ । उक्त नियुक्ति गरिएका प्रध्यापकहरु खाजेर नगरे समाजशास्त्रको केन्द्रीय विभाग अनिश्चितकालीन तालाबन्दी गर्ने चेतावनी समेत दिएको छ ।

जारी प्रेस विज्ञप्तिमा त्रिविले राजनैतिक भर्तिकेन्द्र बनाउने उद्देश्यले मनोमानी ढङ्गबाट ११ जना प्रध्यापकहरु नियुक्ति गरेकाे आरोप पनि लागएको छ । जरी प्रेस विज्ञाप्तीमा भनिएको छ- ‘त्रिवि सेवा आयोगले १० जना उपप्राध्यापकको विज्ञापन गरिसकेको र विभागमा कार्यरत प्राध्यपकहरुलाई नै पठ्याभार अपुग भएको बेला समाजशाज्ञ केन्द्रीय विभागले भौतिक संरचना मर्मतमा बेवास्ता गर्दै आफ्ना पकेटका निश्चल व्यक्तिलाई पोस्ने काम गरिएको छ ।’

अघिल्लो वर्षको तुलनामा अहिले विद्यार्थी पनि घटेका नेविसंघले जनाएको छ ।  विद्यार्थी घटेपछि  आन्तरिक स्रोत बढाउने नाम गरी भर्नामा चर्को शूल्क असुली गरेर विद्यार्थीहरु समेत मारमा पारेको पनि बताइएकाे छ र याे निन्दनीय र अस्वाभाविक रहेको पनि बताइएकाे छ ।

 

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.