तोपानी नाकाबाट थप २३२ मेट्रिक टन रासायनिक मल भित्रियो

| 2022 Mar 25 | 01:03 pm 237

काठमाडाैं, चैत ११ः नेपालमा रासायनिक मलको चर्को अभाव भइरहेकाे अवस्थामा तोपानी भन्सार नाकाबाट बिहीबार थप २३२ मेट्रिक टन रासायनिक युरिया मल नेपाल भित्रिएको छ । सोही नाका भएर बुधबार पनि २३२ मेट्रिक टन युरिया मल भित्रिएको थियो । सिल्क मार्केटले चीनबाट १० हजार मेट्रिक टन रासायनिक मल आयात गर्ने जिम्मेवारी पाएको थियो ।

बुधबार भित्रिएका मल प्रयोगशाला परीक्षण गरी राजधानी पठाइएको तातोपानी सुक्खा बन्दरगाह भन्सार प्रमुख नारद गौतमले जानकारी दिए । उक्त रासायनिक मलले चर्को अभाव झेल्दै आएका किसानलाई यसले राहत दिने बताइएको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.