तीन वर्षीया बालिकाको बलात्कारपछि हत्या

रिपोर्ट नेपाल | 2019 Dec 30 | 08:10 pm 89

कञ्चनपुर, पुस १४: कञ्चनपुरको भीमदत्त नगरपालिका–१८ सालघारीमा तीन वर्षीया बालिकाको बलात्कारपछि हत्या गरिएको छ ।

सोमबार घरमा कोही नभएको मौका पारेर स्थानीय एक युवाले तीन वर्षीया बालिकाको बलात्कारपछि हत्या गरेको प्रहरीले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालयका प्रवक्ता एवं प्रहरी नायब उपरीक्षक नरेन्द्र चन्दले अभियुक्त पक्राउ परिसकेको बताउँदै घटनाबारे विस्तृतमा अनुसन्धान भइरहेको जानकारी दिए ।

सालघारीका स्थानीय महिलाका अनुसार अभियुक्तले हत्या गरिएकी बालिकाकी आमालाई तीन महिनाअघि डडेल्धुराको जोगबुढाबाट भित्र्याएका थिए । मृतक बालिकाको शव महाकाली अस्पताल भीमदत्त नगरमा राखिएको छ ।

पक्राउ परेका युवाले अत्याधिक मदिरा सेवन गरेका छन्, प्रहरी प्रवक्ता चन्दले भने, बालिकाकी आमा सालघारीको पार्कमा दाउरा लिन गएको समयमा युवकले बालिकालाई बलात्कारपछि हत्या गरेको स्वीकार गरिसकेको छ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.