तास खेलिरहेको अवस्थामा ११ जना पक्राउ

रिपोर्ट नेपाल | 2022 Apr 14 | 08:27 pm 301

ललितपुर, बैशाख १ः गोदावरी नगरपालिका-१४ ठैव बस्ने राजेश महर्जनको घरमा तास खेलिरहेको अवस्थामा राजेश लगायत ११ जनालाई बुधबार राति प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा ललितपुर गोदावरी नगरपालिका -१४ ठैव बस्ने वर्ष ४०का राजेश महर्जन(घरधनी), गोदावरी नगरपालिका-१३ झरुवाराशी बस्ने बर्ष ३३ का नितेश थापा भन्ने कृष्ण थापा, गोदावरी नगरपालिका -३ गोदावरी कुण्ड बस्ने बर्ष ४४ का सुमन पुरी, गोदावरी नगरपालिका -३ टौखेल बस्ने बर्ष ४८का सुदर्शन सुवेदी, शान्तिवन बस्ने वर्ष ४४का कुमार तामाङ, गोदावरी नगरपालिका -१४ ठैव बस्ने बर्ष ४२का राजेश महर्जन गोदावरी नगरपालिका-१कार्कीटार बस्ने बर्ष ३५का बिजय थापा, गोदावरी नगरपालिका-१ गोदामचौर बस्ने बर्ष ४२का कमल कार्की, गोदावरी नगरपालिका-१० टाखेल बस्ने बर्ष २८ का सन्तोष दुलाल, गोदावरी नगरपालिका-३ शान्तिबन बस्ने बर्ष ३४ का सुनिल लामा तामाङ र पाँचथर कुम्पाक गाउँपालिका वडा नं-१ घर भई हाल गोदावरी नगरपालिका -३ बसपार्क बस्ने बर्ष ५३का प्रेम बहादुर फेउदिन रहेका छन् ।

महानगरीय प्रहरी परिसर ललितपुरबाट खटिएको प्रहरीले उनीहरूलाई नगद ८ लाख  ४३ हजार ६ सय ९० रूपैयाँ र ३ बुक तास सहित फेला पारी पक्राउ गरेको हो ।  यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.