तातो कुँडोमा डुबेर बालिकाको मृत्यु

रिपोर्ट नेपाल | 2022 Apr 21 | 08:34 am 309

तनहुँ, बैशाख ८ः तातो कुँडो (खोले) मा डुब्दा तनहुँमा एक बालिकाको मृत्यु भएको छ । गाईबस्तुलाई पकाइएको तातो कुँडोमा डुब्दा भानु नगरपालिका-१२ रतनपुरकी दुई वर्षीया बालिका आरोही घर्तीको मृत्यु भएको हो ।

तातो कुँडोमा परेर गम्भीर घाइते भएकी बालिकालाई उपचारका लागि पश्चिमाञ्चल क्षेत्रीय अस्पताल पोखरा लगिएको थियो । उपचारको क्रममा उनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय तनहुँका सूचना अधिकारी युवराज खड्काले जानकारी दिए ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.