ढोरपाटनका बाढीपहिरो पीडितहरुलाई सहयोग हस्तान्तरण

रिपोर्ट नेपाल | 2020 Sep 16 | 08:59 am 96

  • कौरव खत्री

गुल्मी, भदौ ३१ः बागलुङ ढोरपाटन नगरपालिका बोबाङका बाढीपहिरो पीडितहरुको लागि सहयोग बमोजिमको राहत रकम हस्तान्तरण गरिएको छ ।

मंगलवार गुल्मी मुसिकोट नगरपालिका १ निवासी समाजसेवी धनिश्वर अर्याल (महेन्द्र) ले साउदी अरेवियामा संकलन गरी पठाएको नगद रकम १८ हजार रकम मुसिकोट युनेस्को केन्द्रका अध्यक्ष मोहन घिमिरे, युनेस्को केन्द्रका सदस्य भिम पाण्डेद्धारा नगद रकम ढोरपाटन नगरपालिकाका नगरप्रमुख देव कुमार नेपालीलाई हस्तान्तरण गरिएको थियो ।

सहयोग रकम हस्तान्तरण कार्यक्रममा बोल्दै ढोरपाटन नगरपालिकाका नगर प्रमुख देव कुमार नेपालीले बाढीपहिरो पीडितहरुको लागि आएको सहयोग रकमलाई पारर्दर्शी गर्ने र सहयोग देखिने गरि पीडितहरुका घर निर्माण गरी नेपालकै नमूना काम गर्ने बताए । साथै नगरप्रमुख नेपालीले आर्थिक सहयोग गर्ने सहयोगीहरुलाई धन्यवाद दिए ।

रकम हस्तान्तरण कार्यक्रममा ढोरपाटन नगरपालिकाका नगर उपप्रमुख करमती पुन, प्रमुख प्रशासकीय अधिकृत डिल्लिराम भट्टराई, ढोरपाटन नगरपालिका वडा नं.१ का वडाअध्यक्ष चित्र बहादुर भण्डारी, वडा नं. ८ का वडाअध्यक्ष नन्दे सुनार वडा नं. ९ का वडाअध्यक्ष हरि बहादुर घर्तिमगर, सञ्चारकर्मी रामकृष्ण कंडेल, ढोरपाटन नगरपालिकाका प्रेस सल्लाहकार झरना कंडेल लगायतको सहभागिता रहेको थियो ।

गत भाद्र १७ गते राती अविरल बर्षासँगै आएको बाढी पहिरोले ढोरपाटन नगरपालिकाको बोबाङकमा ठूलो जनधनको क्षति पुर्याएको थियो ।

ढोरपाटन नगरपालिका विभिन्न स्थानामा रहेका धेरै घरपरिवार पूर्ण क्षति पुर्याएको छ भने बाढी पहिरोले विद्यालय, विद्युत र झोलुङ्गे पुल समेतमा क्षति पुर्याएको थियो ।

कार्यक्रम ढोरपाटन नगरपालिकाका नगरप्रमुख देव कुमार नेपालीको अध्यक्षता रहेको कार्यक्रमको सञ्चालन भने सञ्चारकर्मी कौरव खत्रीले गरेका थिए ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.