डोजरमा आगजनी

रिपोर्ट नेपाल | 2019 Mar 11 | 05:04 pm 32

कञ्चनपुर, फागुन २७ : कृष्णपुर नगरपालिका–५ गुलरीस्थित महाकाली गौरव विल्र्डसको क्रसर उद्योगको जेसिभीमा अज्ञात समूहले आज बिहान आगजनी गरेको छ ।

क्रसर उद्योगमा राखिएको रु ४५ लाख मूल्य पर्ने से१क २५८ नम्बरको जेसिभीमा आगजनी गरिएको हो । इलाका प्रहरी कार्यालय गुलरीका अनुसार पेट्रोल छर्केर जेसिभीमा आगजनी गरिएको छ ।

घटनास्थलबाट प्रहरीले क्रसर उद्योग मापदण्डविपरीत सञ्चालन भएको, मजदूरको श्रम शोषण गरेको र इनक्लाब जिन्दावादलगायतका कुरा उल्लेख भएको पर्चा बरामद गरेको छ । क्रसर उद्योगका सञ्चालक प्रमानन्द कपाडीले पर्चामा उल्लेख भएअनुसारको कुनै पनि कार्य उद्योगमा नगरिएको बताए ।

“उद्योग मापदण्डअनुसार सञ्चालन भएको छ”, उनले भने, “कुनै पनि मजदूरको श्रम शोषण गरेका छैनौँ ।” जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी नायब उपरीक्षक कृष्णराज ओझाले आगजनी गर्ने समूहको खोजी भइरहेको बताए ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.