डोजरको ठक्करबाट एकको मृत्यु

रिपोर्ट नेपाल | 2020 Feb 12 | 11:04 am 49

कञ्चनपुर, माघ २९: जिल्लाको शुक्लाफाँटा नगरपालिका–५ मा डोजरको ठक्करबाट एक जनाको मृत्यु भएको छ।

मृत्यु हुनेमा भीमदत्त नगरपालिका–९ ब्रह्मदेवका ३५ वर्षीय गणेश बादी रहेको प्रहरीले जानकारी दिएको छ ।

गएराति वनसमिति बजार नजिक से १ त ९१६ नम्बरको डोजरले ठक्कर दिँदा बादीको मृत्यु भएको हो।

बादीको घटनास्थलमै मृत्यु भएको इलाका प्रहरी कार्यालय झलारीका प्रहरी निरीक्षक धर्मेन्द्र रावलले जानकारी दिए।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.