डिएसपी भाटलाई बाजुराबासीको सम्मान

रिपोर्ट नेपाल | 2019 Apr 15 | 07:29 am 57

बाजुरा, बैशाख २ : जिल्लामा शान्ति सुरक्षा कायम गर्दै समाजमा देखिएका विकृति र विसंगतिलाई कानुनी प्रकृयाबाट समाप्त पारेको भन्दै जिल्ला प्रहरी कार्यालय बाजुराका प्रहरी नायब उपरीक्षक उद्धवसिंह भाटलाई एक समारोहकाबीच सम्मान गरिएको छ ।

नयाँ वर्ष २०७६ सालको अवसरमा आयोजित शुभकामना आदान प्रदान कार्यक्रममा भाटलाई रजाली युथ क्लव, वडा स्तरीय महिला अधिकार मंच र बाल अधिकार मंचले सम्मान गरेका हुन् ।

डिएसपी भाट अहोरात्र खटी जनतालाई सुरक्षाको प्रत्याभुति प्रदान गरेकोले सम्मानित गरिएको रजाली युथ क्लवका अध्यक्ष कृष्ण खड्काले बताए ।

डिएसपी भाटलाई प्रतिनिधि सभा सदस्य लालबहादुर थापाले दोसल्ला सहित सम्मानित गरेका हुन् । डिएसपी भाटलाई सम्मानित गर्दै प्रतिनिधि सभा सदस्य थापाले नयाँ वर्षमा बाजुरा बासीहरुमा नयाँ जोस र उमङ्गका साथ जिल्लाको शान्ति सुरक्षामा लाग्न आग्रह गरेका थिए ।

६ महिनाको अवधिमा डिएसपी भाटले जिल्लामा शान्ति सुरक्षा दिन प्रतिदिन मजबुत बनाउँदै गएका छन् । दिनरात नभनेर जनताको सुरक्षामा खटिएर लागेका भाटलाई अहिले जिल्लामा सबै जनताहरुले साथ दिएका छन् ।

मदिरा उत्पादन तथा सेवनकै कारण समाजमा हिँसा हुने भन्दै जिल्ला प्रहरी कार्यालय बाजुराले दिन प्रतिदिन मदिरालाई नियन्त्रण गर्न जिल्ला भरि नै मदिरा नियन्त्रण गर्ने अभियान चलाएको छ । मदिरा नियन्त्रण अभियान संचालन गरी महिला हिँसा कम भएको भन्दै महिलाहरुले डिएसपी भाटको मुक्तकण्ठले प्रशंसा गरेका थिए ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.