डिआइजीले लखेटेका सई एसपीको प्रिय, श्रीपुरमा समाएको गाडी मध्यरातमा छाडियो

| 2020 Sep 16 | 12:42 pm 183

पर्सा, भदौ ३१ः प्रहरी नायब महानिरीक्षक धिरजप्रताप सिंहले मध्येरातमा तानेर जिल्ला प्रहरी कार्यालय पुर्याइएका प्रहरी नायब निरीक्षक बैधनाथ दासको दादागिरी अहिलेसम्म कायम नै रहेको छ ।

प्रहरी चौकी इनरूवामा इन्चार्ज रहेका दासले चालीस जनाको संख्यामा झोले तस्करसँग लाइन खाएको थाहा पाएपछि प्रहरी नायब महानिरीक्षक सिंहले आफूलाई सिंगम भन्दै बुलेट मोटरसाइकल चढेर हिड्ने दासलाई जिल्ला तानेका हुन् ।

सिंहले कारबाहीका लागि जिल्ला ताने पनि प्रहरी उपरीक्षक गंगा पन्तले उनलाई प्रिय बनाएर राखेर कामकाज गराएको बुझिएको छ ।

कार्यालय प्रमुखको आशिर्वाद पाएका बैधनाथ दास आफूलाई तानेर इन्चार्ज बनेका प्रहरी नायब निरीक्षक अर्जुन अधिकारीलाई असफल बनाउन हात धोएर लागेको समाचार स्रोत बताउँछ ।

आफूले पहिला लाइन खाएका झोले व्यापारीलाई भेटेर दासले यो सईलाई कुनै हालतमा बस्न नदिने भन्दै उसँग भेट्ने व्यापारीहरूलाई प्रहरी निरीक्षक रबीभुषण यादवको घुमुवा टोली लगाएर सामान समाइदिने धम्की दिने गरेका छन् ।

नेपालबाट मरिच र केराउ तस्कर गराइरहेका बैधनाथ दासको कमाई खाने भाडो खोसिएपछि अहिले सादा पोशाकमा इनरुवा जादै व्यापारीलाई धम्की दिने गरको समाचार स्रोत बताउँछ ।

दासले एसपी आफ्नै मान्छे भएकोले केही दिनमा सके आफू नभए आफ्नै मान्छे ल्याउने भन्दै झोले तस्करलाई प्रहरी नायब निरीक्षक अर्जुन अधिकारीलाई कुनै हालतमा नभेट्नु भन्ने गरेको बुझिएको छ ।

के दास त्यस स्थानका एसएसपी हाे ? उसले भनेकै हुनुपर्ने ? डिआइजीले लखेटेकाेलाई किन यति एसपीले संरक्षण गरेकाे ?

यसैगरी वडा प्रहरी कार्यालय श्रीपुरका प्रहरी निरीक्षक दिपक साहको घुमुवा प्रहरी जवान गंगाराम महतो, हवल्दार चन्द्रवीर चौधरी र प्रेम भण्डारीले गत साता टाटा मोबाइलमा ल्याउँदै गरेको कस्मेटिकको सामान सहित सटिङ सुटिङका भन्सार छली गरिएका सामान समाएका थिए ।

त्यसरी समाइएको सामान रातको १२ बजे कार्यालयमा पुर्याएर राम्रै लेनदेनपछि एक बजे छाडिएको समाचार स्रोतको दाबी छ ।

प्रहरी निरीक्षक साहले आफ्नै गाउँको घुमुवा प्रहरी जवान गंगाराम महतो राखेर पैसा उठाउने गरेको पनि स्रोत बताउँछ ।

तस्करले पछिल्लो समय प्रहरी चौकी ओडार र प्रहरी चौकी ड्राइपोटबाट प्रहरीकै मिलेमतोमा तस्करी गर्ने गरेको स्थानीयबासी बताउँछन् ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.