ठाउँ ठाउँमा आगजनी र शंकास्पद बस्तु फेला

| 2019 Mar 14 | 10:25 am 90

काठमाडौं, फागुन ३० : नेत्रविक्रम चन्द नेतृत्व (विप्लव)का कार्यकर्ताले गरेको बन्दका क्रममा सवारी साधन चलाएको भन्दै देशका विभिन्न स्थानमा सवारी साधन जलाएका छन् । साथै देशका विभिन्न सडक र सहरमा बम राखिँदा सर्वसाधरण त्रसित भएका छन् ।  विभिन्न स्थानमा बम राखिएपछि बम डिस्पोजल गर्नका लागि नेपाली सेनाका टोलीको पनि सक्रियकासाथ लागिपरेका छन् ।

बन्दको अवज्ञा गरेको भन्दै विप्लवका कार्यकर्ताले पूर्वपश्चिम राजमार्गस्थित पश्चिम नवलपरासीको बासाबसहीमा दुई ट्रकमा आगजनी गरेका छन् । ८/१० जनाको समूहमा आएका अज्ञात व्यक्तिले आगजनी गरेका स्रोतले बताए ।

काठमाडौँबाट धनगढीका लागी बासाबसही नजिक रहेको स्टिल कम्पनीमा रड लिन आएका ट्रक खाली रहेको प्रहरीले जनाएको छ । आगलगीबाट ट्रकका टायर पछाडीको भागमा क्षति पुगेको छ । बन्दको पूर्वसन्ध्यामा गरेको आगजनी विप्लव समूहले गरेको आशंका प्रहरीको छ ।

पूर्वी नवलपरासीको राजमार्गमा पर्ने जयश्री पुलमा त्रसित बनाउन राखिएको शंकास्पद वस्तु सुरक्षाकर्मीले हटाएका छन् । शंकास्पद वस्तु राखेपछि सवारीसाधनलाई वैकल्पिक बाटोबाट आवत जावतको व्यवस्था मिलाइएको प्रहरीले जानकारी दिए ।

शंकास्पद बस्तुको लागि तस्बिर परिणाम

मकवानपुरको थाहा नगरपालिका–४ नयाँगाउँमा काठमाडौंबाट हेटौंडातर्फ आइरहेको ना ५ ख ७४११ नम्बर ट्रकमा राति करिब एक बजेको समयमा अज्ञात समुहले आगजनी गरेको मकवानपुर प्रहरी प्रमुख एसपी मुकेश सिंहले बताए ।

जंगलबीच नयाँ गाउँमा ट्रकलाई रोकी घरेलु हतियार देखाएर ४–५ जनाको समूहले पेट्रोल खन्याएर अगजनी गरेको मकवानपुर प्रहरीले जनाएको छ ।

ट्रकमा चालक, सहचालक गरी तीन जना सवार रहेका थिए । अगजनीबाट ट्रकको टेलरमा क्षति भएको छ । विप्लव नेतृत्वको नेकपाले नेपाल बन्द सफल पार्ने नाममा त्रास सिर्जना गराउन आगजनी गरेको एसपी सिंहले जानकारी दिए ।

त्यस्तै गोरखा बजार क्षेत्रको भिआईपी टोल र १२ किलो भन्ने स्थानमा मा शक्तिशाली प्रेरकुकर बम फेला परेको छ । फेला परेको बम नेपाली सेनाको टोलीले निष्कृय पारेको प्रहरीले जानकारी दिए ।

गोरखाका प्रहरी उपरीक्षक भोलाबहादुर रावलले दिएको जानकारी अनुसार आज (बिहीबार) बिहान १२ किलोमा फेला परेको बम सामान्य भएको भन्दै प्रहरीले जंगलमा फालिदिएको बताए ।

शंकास्पद बस्तुको लागि तस्बिर परिणाम

साथै गोरखाको बजार क्षेत्रमा फेला परेको बम मानव बस्तीमा भएको हुनाले नेपाली सेनाको बम डिस्पोजल टोलीले निष्कृय पारेको छ । उक्त बम बजारको मुख्य सडकसँगै राखिएको कारण वरपर रहेका वस्तीका सर्वसाधारण त्रसित भएका थिए ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.