रमिते बने ट्राफिक प्रहरी

के हेर्दै छ ट्राफिक प्रहरी ? याे सार्वजनिक सडक कि पार्किङ ?

रिपोर्ट नेपाल | 2022 Mar 27 | 01:21 pm 2685

जे देख्छ त्यही लेख्छ

काठमाडौं, चैत १३ः अनामनगरको बाजेको सेकुवाबाट भित्र छिरेपछि सार्वजनिक सडकमा घण्टौंसम्म सवारी साधन पार्किङ गरेको देखिन्छ । सडकमा सवारी साधन पार्किङ गरेर पुतलीसडक, जिल्ला प्रशासन कार्यालय, जिल्ला अदालत देखि बानेश्वरसम्म जाने सवारी धनीका कारण यस एरियाका घर धनीहरु वाक्क दिक्क भएका छन् ।

No description available.

 

ओक्सीडेण्टल स्कुल र नेपाल मेघा स्कुल वरीपरी त सार्वजनिक सडक हो कि पार्किङ भन्ने प्रश्न समेत उठ्ने गरेका छन् । उपत्यकामा पार्किङ अभाव भएका कारण एक आधा घण्टा एकतर्फी पार्किङ गर्न मानसिव होला तर दिनभर सडक नै अबरुद्ध हुने गरी पार्किङ गर्दा समेत सडकलाई सहजता बनाउन खटिने महानगरीय ट्राफिक प्रहरी प्रभाग सिंहदरबार मौन रहनुमा रहस्यमय मानिएको छ ।

No description available.

निजि सवारी धनीले पार्किङ गर्ने र लैजाने प्रकृया चलिरहे पनि व्यवसायिक रुपमा स्कुल संचालन गरेको ओक्सीडेन्टल स्कुलको आफ्नै पार्किङ कम्पाउण्ड हुँदा हुँदै पनि स्कुल मात्रै नभएर सार्वजनिक सडक समेत आफैले किनेकाे झै गरी दादागिरी किसिमले बिहान ९ बजेदेखि अपरान्ह ४ बजेसम्म ठूला ठूला आधा दर्जन बस सडकमा पार्किङ गर्ने गरेको छ ।

जसका कारण बेला बेला अन्य सवारी साधनले गुड्न कठिनाई भएर हर्न बजाउँदा यस एरियाका बासिन्दाले ध्वनी प्रदुषणको सास्ती खेप्नु परेको छ । महानगरीय ट्राफिक प्रहरी महाशाखाका प्रमुख एसएसपी उमेशराज जोशीलाई फाेन मार्फत यस विषयमा पटक पटक कुरा राख्दा एकछिनमै ट्राफिक प्रहरी पठाउँछु भनेको हप्ता दिन बित्दा समेत ट्राफिक त परै जाओस ट्राफिक प्रहरीकाे सिठ्ठिकाे आवाज समेत सुन्न पाइएको छैन ।

No description available.

महाशाखामा एसएसपी भिम ढकाल प्रमुख रहदा उनले निजी सवारी साधन केही समय पार्किङ गरे पनि व्यवसायीक संस्थाले आफ्नै पार्किङमा मात्र पार्किङ गर्न लगाउनु भनि महानगरीय ट्राफिक प्रहरी प्रभाग सिंहदरबारका तत्कालिन प्रहरी निरीक्षक प्रकाश बहादुर सिंहलाई आदेश दिएपछि सिंह आफै स्कुल एरियामा आइ सडक खाली गराएका थिए । तत्पश्चात् ओक्सीडेन्टल स्कुलले आफ्ना सम्पूर्ण गाडीहरू आफ्नै कम्पाउण्डमा राख्ने गरेको थियो । एसएसपी भिम ढकालको सरुवासँगै स्कुलले फेरि आफ्नो दादागिरी प्रस्तुत गर्दै आएकाे छ ।

उक्त स्थानमा अरुले पार्किङ गरे गाडिकाे हावा खाेलिदिन्छु भनि दादागिरी देखाउने प्रबृत्ति समेत रहेकाे स्कुलका चालकहरूले अरूले पार्किङ गर्न हुने हामीले गर्न किन नहुने भन्ने काइते भनाई राख्दै दिनभर सार्वजनिक सडक कब्जा गर्दा समेत ट्राफिक महाशाखा तथा महाशाखा मातहतमा रहेको ट्राफिक प्रहरी प्रभाग सिंहदरबारका ट्राफिक प्रहरीहरू समेत मौन रहनुको पछाडी कतै राम्रै आर्थिक शुभलाभ त भएको छैन भन्ने स्थानीयले प्रश्न गरेका छन् ।

No description available.

स्मरण रहाेस् सर्वसाधारण जनताले केही मिनेट विशेष कारणबस् पार्किङ गरे ह्वीललक लगाइिदने र जरिवाना स्वरूप १ हजारकाे चिट काट्ने ट्राफिक प्रहरी सार्वजनिक सडकमा सडकै ढाकिने गरी स्कुलका ठूला ठूला बसहरू पार्किङ गर्दा  पनि ट्राफिक प्रहरी चिर निद्रामा रहनु दुःखकाे विषय हाेइन र ?

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.