भोजपुर, चैत २४ः गएराति अरुण गाउँपालिका–४ छाम्ताङमा ट्रक दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा ट्रकका मालिक मोरङ पथरीशनिश्चरे–८ का ४३ वर्षीय भेषबहादुर बस्नेत रहेका छन् ।
धरानबाट भोजपुरतर्फ आउँदै गरेको बा३ख ३२० नम्बरको ट्रक अनियन्त्रित भएर दुर्घटना हुँदा उनको घटनास्थलमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।
ट्रक चालक अरुण गाउँपालिका–६ जरायोटारका २० वर्षीय जनक बहादुर खड्का गम्भीर घाइते भएकाले विराट नर्सिङ कलेजमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय भोजपुरले जनाएको छ ।
शव परीक्षण भने मंगलबार जिल्ला अस्पताल भोजपुरमा भएको जिल्ला प्रहरी कार्यालय भोजपुरका प्रहरी निरीक्षक प्रदीप लामाले बताए ।