ट्रकको ठक्करबाट स्कुटरमा सवार एक युवतीको मृत्यु

रिपोर्ट नेपाल | 2019 Mar 13 | 02:11 pm 71

तनहुँ, फागुन २९ : पृथ्वी राजमार्गअन्तर्गत दमौली–खैरेनीटार सडकखण्डमा ट्रकले स्कुटरलाई ठक्कर दिँदा स्कुटरमा सवार युवतीको मृत्यु भएको छ ।

उक्त दुर्घटनामा परी मृत्यु हुनेमा तनहुँको शुक्लागण्डकी नगरपालिका–५ बेलचौताराका २५ वर्षीया प्रतिक्षा भण्डारी रहेको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ ।

म्याग्दे गाउँपालिका–४ मनहरीमा पोखराबाट दमौली आउँदै गरेको ग १ ख ४८५६ नम्बरको ट्रकले सोही दिशाबाट आउँदै गरेको ग ११ प १८५६ नम्बरको स्कुटरलाई ठक्कर दिँदा स्कुटरमा सवार भण्डारी घाइते भएका थिए ।

घाइते भण्डारीको दमौली अस्पतालमा उपचारको क्रममा बिहान ११ः२५ बजे मृत्यु भएको प्रहरी निरीक्षक विकास थापाले जानकारी दिए ।

मृतक भण्डारी म्याग्दे गाउँपालिकाको स्वास्थ्य शाखाका कर्मचारी हुन् । ठक्कर दिने ट्रक र चालक प्रहरी नियन्त्रणमा रहेको प्रहरीले जानकारी दिएका छन् ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.