ट्याङ्करमा करेन्ट प्रवाह हुँदा एक जनाको मृत्यु

रिपोर्ट नेपाल | 2020 Aug 01 | 03:11 pm 61

बाँके, साउन १७ः पार्किङमा राखिएको ट्याङ्करमा करेन्ट प्रवाह हुँदा नेपालगञ्जमा एक जनाको मृत्यु भएको छ ।

मृत्यु हुनेमा ट्याङ्करमा सहचालकका रुपमा कार्यरत बारा जितपुर सिमरा नगरपालिका निवासी २२ वर्षीय राज थापामगर रहेका छन् ।

नेपाल आयल निगम लिमिटेड, इन्धन डिपो नेपालगञ्जमा पेट्रोलियम पदार्थ ढुवानी गर्ने ना ४ ख २६५१ नंको ट्याङ्करमा कर्यरत मृत्यु भएको

गएराति ८ बजेको समयमा करेन्ट लागेर गम्भीर घाइते भएका थापामगरको शिक्षण अस्पताल नेपालगञ्जमा उपचारका क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बाँकेका प्रवक्ता प्रहरी नायब उपरीक्षक सुभाष खड्काले जानकारी दिए ।

ट्याङ्करको छतमा उभिएर विद्युत्को तार पन्छाउने क्रममा थापामगरलाई करेन्ट लागेको थियो । मृतकको शवपरीक्षणका लागि नेपालगञ्जस्थित भेरी अस्पतालमा राखिएको प्रहरी नायब उपरीक्षक खड्काले बताए ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.