ट्याक्टर दुर्घटनामा परी दुईको मृत्यु

रिपोर्ट नेपाल | 2019 Mar 12 | 12:47 pm 81

सल्यान, फागुन २८ : सल्यानको शारदा नगरपालिका–२ श्रीनगरबाट लानीतबजार जाँदै गरेको रा १ त ११५१ नम्बरको ट्याक्टर दुर्घटना भएको छ । दुर्घटनामा परी दुई जनाको मृत्यु भएको छ ।

दुर्घटनामा परी मृत्यु हुनेमा ट्याक्टर चालक शारदा नगरपालिका–१२ चिसापानीका २४ वर्षीय कृष्ण डाँगी र शारदा नगरपालिका–१ चैबाङज्यूला निवासी १३ वर्षीय अमर बुढाथोकी रहेका जिल्ला प्रहरी कार्यालय सल्यानले जनाएको छ ।

दुर्घटनामा परी गम्भीर घाइते भएका उनीहरुलाई उपचारका लागि जिल्ला अस्पताल सल्यानमा लगीएकोमा अस्पतालमै मृत्यु भएको प्रहरीले जानकारी दिए । दुर्घटनामा ट्याक्टर सडकदेखि करिब ३० मिटर तल शारदा नदीमा खसेको छ । यस घटनाको विषयमा थप अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिए ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.