टेलिकमले ल्यायो ‘स्प्रिङ’ प्याक

रिपोर्ट नेपाल | 2022 Apr 18 | 08:00 am 209

काठमाडौँ, वैशाख ५ः नेपाल टेलिकमले सबै दूरसञ्चार सेवा प्रदायकको नेटवर्कमा असीमित कुराकानी गर्न सकिने टाइम अल नेट भ्वाइस प्याकसहितको ‘स्प्रिङ अफर’ सार्वजनिक गरेको छ ।

सोमबारदेखि सुरु हुने यो प्याकअन्तर्गत ग्राहकले ५९९ रुपियाँदेखि एक हजार ४९९ रुपियाँसम्मको सजिलो अनलिमिटेड पोस्टपेड र प्रिपेड प्याकहरू समावेश गरेको छ । जसअनुसार अबदेखि ९९९ रुपियाँ र एक हजार रुपियाँ ४९९ रुपियाँका प्याकमार्फत कम्पनीभित्रको नेटवर्कसहित अन्य सेवा प्रदायकको नेटवर्कमा पनि असीमित कुराकानी गर्न सकिनेछ ।

यी प्याकमा क्रमशः प्रतिदिन दुई जीबी र चार जीबी डाटा तथा प्याक अवधिमा चार सय र एक हजारवटा एसएमएस पठाउन सकिनेछ । गाेरखापत्र दैनिकबाट

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.