टिप्परले ठक्कर दिँदा उदयपुरका एक युवकको मृत्यु

रिपोर्ट नेपाल | 2019 Dec 02 | 04:34 pm 46

काठमाडौं, मंसिर १६: भक्तपुर नगरपालिका १ सल्लाघारीतर्फको सर्भिस ट्र्याकमा टिप्परले ठक्कर दिँदा एक जना पैदल यात्रीको मृत्यु भएको छ ।

मृत्यु हुनेमा उदयपुर चौदण्डीगढी नगरपालिका घर भएका २७ वर्षिय समीर विक रहेका छन् । टिप्परको ठक्करबाट गम्भीर घाइते विकलाई तत्कालै उपचारका लागि इवामुरा मेमोरियल अस्पताल लगिए पनि मृत्यु भएको प्रहरीले जानकारी दिए ।

बिकलाई ठक्कर दिई फरार रहेको टिपरलाईलाई सिसी टिभीबाट प्राविधिक अनुसन्धान तथा विभिन्न स्थानमा प्रहरी टोली खटिई खोजीकार्य भैरहेको छ ।

काठमाडौं कोटेश्वर तीनकुनेबाट बा ३ ख २५३१ नं को टिप्पर र चालक काभ्रे महाभारत गापा ८ घर भई हाल काभ्रे साँगा बस्ने ३० वर्षिय सिद्धिमान तामाङलाई भने पक्राउ गरिएको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.