टिपर दुर्घटनामा गम्भीर घाइते भएका एक जनालाई हेलिकोप्टरमार्फत उद्धार

रिपोर्ट नेपाल | 2020 Feb 13 | 04:45 pm 93

संखुवासभा, फागुन १: जिल्लाको मकालु गाउँपालिका ३ मा बिहीबार बिहान टिपर दुर्घटना हुँदा गम्भीर घाइते भएका एक जनाको हेलिकोप्टरमार्फत उद्धार गरिएको छ।

उद्धार गरिनेमा गम्भीर घाइते उदयपुरको रौतामाई गाउँपालिका ५ का रामबहादुर सार्कीलाई हेलिकोप्टरमार्फत उद्धार गरिएको इलाका प्रहरी चौकी हेदाङनाले जनाएको छ।

किमाथांका–जोगवनी सडकखण्डमा प्रदेश १–०२–००१ क ३६६७ नम्बरको टिपर सडकभन्दा ६० फिट तल खसेर दुर्घटना हुँदा चालक सार्की गम्भीर घाइते भएका थिए।

घाइते सार्कीलाई उपचारका लागि सुनसरीको धरानस्थित बिपी कोइराला स्थास्थ्य विज्ञान प्रतिष्ठान लगिएको इलाका प्रहरी चौकी हेदाङनाका प्रहरी नायब निरीक्षक महितकुमार यादवले जानकारी दिए।

किमाथांका–जोगवनी सडकखण्डको स्तरउन्तिको काम गरेको स्वामी नारायण आर्शीवाद कम्पनीको टिपर दुर्घटना भएको थियो। घाइते चालकको टाउको, ढाड र खुट्टामा चोटलागेको बताइएको छ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.