टिपरको ठक्करबाट बाबुको मृत्यु, छोरा घाइते

रिपोर्ट नेपाल | 2019 Mar 09 | 01:55 pm 58

उदयपुर, फागुन २५ : मदनभण्डारी लोकमार्ग सडक खण्ड अन्तर्गत उदयपुर गढी गाउँपालिकाको नेपालटारमा आज (शनिबार) बिहान टिपरले एक मोटरसाइकलाई ठक्कर दिँदा मोटरसाइकलमा सवार एकको मृत्यु भएको छ भने एक गम्भिर घाइते भएका छन् ।

बा ९३ प ९४३२ नम्बरको मोटरसाइकलमा सवार बाबु छोरा रहेकाेमा  बाबुको मृत्यु भएको छ । मृत्यु हुनेमा उदयपुर गढी गाउँपालिका–७ का बासिन्दा ४८ वर्षीय बलबहादुर मगर रहेका छन् । उनकै छोरा सुजन गम्भीर घाइते भएको प्रहरीले जनाएको छ । मदनभण्डारी लोकमार्ग अन्तर्गत सडक निर्माणमा कामगर्ने ना १ क ८३४७ नम्बर को टिपरले मोटरसाइकललाई नेपालटार नजिकै ठक्कँर दिएको थियो ।

घाइते सुजनलाई तत्कालै जिल्ला अस्पतालमा पुर्याएका थिए । उपचार हुन नसकेपछि थप उपचारका लागि विराटनगर न्यूरो अस्पताल पठाइएको प्रहरीले जानकारी दिए । टिपर चालक घटना पश्चात फरार भएको कारणले खोजी भइरहेको बुझिएको छ । ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.