टिकापुरमा किन बढाइयो सुरक्षाकर्मी ?

| 2019 Mar 07 | 11:00 am 46

कैलाली, फागुन २३ : टीकापुर घटनामा प्रमुख दोषीको रुपमा आरोपीत राजपाका सांसद् रेशम चौधरीसहित ११ जनालाई जन्मकैदको फैसला जिल्ला अदालतले सुनाएपछि सम्भाव्य घटनालाई मध्यनजर गर्दै प्रहरीले सुरक्षा व्यवस्थालाई कडा बनाएको छ ।

बुधबार कैलाली जिल्ला अदालतले उक्त आदेश जारी गरेपछि प्रदेश नम्बर ७ मा फेरि तनाव हुने सम्भावना देखिएको छ । फैसला लगत्तै टीकापुरमा व्यापक सुरक्षाकर्मी परिचालन गरिएको छ भने कुनै प्रदर्शन अथवा घटना भए थप सुरक्षाकर्मी बोलाउने तयारी भइरहेको छ ।

इलाका प्रहरी कार्यालय टीकापुरका डिएसपी शिबहादुर विष्टका अनुसार यो समाचार तयार गर्दासम्म भने सुरक्षा व्यवस्था शान्त छ । प्रहरीले सुरक्षा व्यवस्था शान्त भएको बताए पनि सुरक्षा कर्मीलाई भने अर्लट राखेको छ।

टीकापुर आसपासका गाउँबाट थारुहरु टीकापुर प्रवेश गर्ने सम्भावना रहेकोले त्यस आसपासमा पनि सुरक्षा व्यवस्था कडा पारिएको छ ।

जिल्ला अदालत कैलालीको फैसलासँगै टीकापुर आसपासका थारु अगुवाहरु सक्रिय भएर लागेको सुराकी पाएको प्रहरीले सुरक्षा व्यवस्थालाई खलल नपुगोस भनि सचेतना अपनाएको छ । अदालतको फैसला पश्चात राजपा र चौधरी सर्मथकहरुले ठुलो आन्दोलन गर्ने चेतावनी दिएका छन् ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.