टिकटक भिडियो बनाउँदा आफैंलाई गोली ठोकेपछि…

रिपोर्ट नेपाल | 2020 Jan 14 | 07:29 pm 34

एजेन्सी, २९ पुस : पछिल्लो समय निकै चलेको भिडियो सामाजिक सन्जाल हो, टिकटक । तर, यसका कारण विश्वका विभिन्न ठाउँमा अनेक दुर्घटना पनि निम्तिएका छन् ।

टिकटक भिडियो बनाउने चक्करमा भारतको उत्तरप्रदेशस्थित बरेलीमा १८ वर्षीय युवकको मृत्यु भएको छ । टिकटक भिडियो बनाउनकै लागि उनले बन्दुकको प्रयोग गरेका थिए । यसै क्रममा गोली चलेर उनको मृत्यु भएको हो ।

टिकटक भिडियोका लागि उनले आफ्नो बुबाको बन्दुक आमासँग मागेका थिए । केशव कुमारका पिता हाफिजगंज भारतका सिपाही हुन् ।

केशव कुमारका आमाका अनुसार, उनले बन्दुक नदिने बताएपछि युवकले जिद्धि गर्दै बन्दुक लिएका हुन् । युवकले भिडियो बनाउने क्रममा भूलवश आफ्नो कन्चेटमा गोली प्रहार गरेको प्रहरीले जनाएका छन् ।

उनको बेडरुममा पुग्दा उनी रगतले आहाल भएका थिए । त्यसपछि उनलाई अस्पताल पुर्याइएको थियो । तर, त्यहाँ उनको निधन भएको घोषणा गरियो ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.