- महेश सिंह
सिरहा, चैत १४ः संगीता कर्माचार्य स्मृति प्रतिष्ठानद्वारा एक घर एक झूल अन्तर्गत लहान नगरपालिका वडा नम्बर २० हरिनगराको मुसहर बस्तीमा १ सय ५० घर धुरीका बिपन्नहरुलाई लाम्खुट्टे झुल वितरण गरेको छ। समाजसेवी तथा नेपाली कांग्रेसका क्षेत्र सभापति महेश प्रसाद चौधरीले झुल वितरण गर्न पुगेका स्थानबाट नै आउने चुनावमा लहानका मेयर महेश चौधरीलाई बनाउनु पर्ने व्यापक चर्चा चलेका छन्।
समग्र लहानमा चौधरी मेयर बन्यो भने मात्र लहान समृद्ध हुने स्थानीयको भनाई छ। समाजसेवामा लिप्त रहेका चौधरी ओहोरात्र समाजसेवामा लागि परेका छन्। आफूलाई कुनै पनि आर्थिक स्वार्थ नरहेको मैले जनताको सेवा गर्न लहानको मेयर बन्ने इच्छा जाहेर गरेको बताएका छन्।
लहानमा रहेको बिकास बिरोधी कार्यलाई हटाएर समृद्ध उन्मुख बनाउन आफूले लहान मेयरका लागि उमेदवारी दिने इच्छा जाहेर गरेका हुन्। महेश चौधरी जस्तो सहयोगरी र गरिब दलित लगायत हरेक वर्ग समुदायको दुःख सुखमा साथ दिने चौधरीलाई आउने चुनावमा लहानको मेयर बनाउनु पर्ने जनसमुदायको जनअपेक्षा रहेको छ।