झुलाघाट नाका पाँच दिनका लागि खोलिने

| 2020 Nov 21 | 04:05 pm 50

बैतडी, मंसिर ६ः झुलाघाट नाका पाँच दिनका लागि खोलिने भएको छ । भारतसँग सीमा जाेडिएकाे उक्त नाका भारतीय पेन्सनधारी नेपाली नागरिकलाई सहज हाेस् भनेर  यही मंसिर ८ गतेदेखि मंसिर १२ गतेसम्म खुला गर्न लागिएकाे हो ।

गत चैतदेखि काेराेना महामारीका कारण बन्द रहेकाे नाका दुवै देशका स्थानीय प्रशासनहरूको सहजीकरणमा खोल्न लागिएकाे हाे । लामो समयदेखि जिल्लामा भारतीय पेन्सनधारीहरू पेन्सन बुझ्न नपाएकाले उनीहरूकाे सहजताका लागि  नाका खोल्ने तयारी गरिएकाे बैतडीका सहायक प्रमुख जिल्ला अधिकारी लोकेन्द्रसिंह नेगीले बताए ।

भारतीय बैंककाे शाखा जिल्लामा नहुँदा भारतीय पेन्सनधारी नागरिकहरूलाइ समस्या भएकाे थियाे । सीमा नाका बन्द भएका कारण उनीहरूले गत चैतदेखि नै पेन्सन बुझ्न पाएका छैनन् । तर नाका खुलाए पनि आवतजावत गर्दा स्वास्थ्य सुरक्षा र सावधानी भने अपनाउनुपर्ने बताइएकाे छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.