एपीएफ टोलीद्वारा लागूऔषधसहित एक पक्राउ

रिपोर्ट नेपाल | 2020 May 17 | 07:17 pm 55

सिरहा, जेठ ४ः जिल्लाको सिरहा नगरपालिका १५ बुधौरा स्थित सिमा ईलाकाबाट एपीएफ टोलीले लागूऔषधसहित एक जनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा सोही जिल्लाको मिर्चैया नगरपालिका ५ का ३४ वर्षीय विजयकुमार यादव रहेका छन् ।

स २ प ८५२६ नम्वरको मोटरसाईकलमा सवार यादवलाई सशस्त्र प्रहरी बल नेपाल सुरक्षा वेश बुधौराबाट खटिएको एपीएफ टोलीले शंका लागि जाँच गर्दा उनको साथमा डायलेक्स डीसी ११ बोतल र नाईट्राजेपाम ६ पत्ता फेला परेपछि पक्राउ गरिएको हो ।

एपीएफ टोलीले यादवले प्रयोग गरेको उक्त मोटरसाईकल तथा तीन थान मोवाईलसमेत बरामद गरेको हो ।

एपीएफ टोलीले पक्राउ गरेका यादवलाई बरामद लागूऔषध तथा उल्लेखित सामानसहित आवश्यक कारवाहीको लागि जिल्ला प्रहरी कार्यालय सिरहामा बुझाएको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.